चीन र यूएईद्वारा पाकिस्तानलाई एक अर्ब ३० करोड डलर बराबरको सहयोग घोषणा

काठमाडौं । पाकिस्तानलाई चीन र यूएईले गरी कुल एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको घोषणा गरेका छन् । पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बढाउन यूएईका अर्थमन्त्री इशाक डारले एक अर्ब डलरको प्रतिबद्धता जनाएका हुन ।
यस्तै, चीनले हिजो पाकिस्तानलाई ३० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । पाकिस्तानले सन् २०१९ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ६ दशमलव ५ अर्ब डलरको बेलआउट प्याकेजमा हस्ताक्षर गरेको थियो ।
पटक–पटक सर्तबाट पछि हटेपछि अहिलेसम्म तीन अर्ब डलर मात्र प्राप्त गरेको समाचार संस्था एएफपीले जनाएको छ । पाकिस्तानको अर्थतन्त्र राजनीतिक सङ्कटसँगै धराशायी भएको छ । पाकिस्तानी रूपैयाँमा उच्च गिरावट आएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्