टिआरसी विद्येयक फास्ट ट्रयाकबाट पारित गराउन प्रचण्डको दौडधुप, देउवाको पनि साथ !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा टिआरसी बिद्येयक फास्ट ट्रयाकबाट पारित गराउन फलामको चिउरा चपाउनु सरह भएको छ । द्धन्दकालिन मुद्धालाई लिएर सर्बोच्च अदालतमा मुद्धा नै परेपछि तर्सिएका प्रधानमन्त्री प्रचण्ड सहमति जुटाउन दौडधुप गरिरहेका छन् । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा सहमति जुट्न नसकेपछि सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा लिएर एमाले अध्यक्ष केपी शर्मा ओली फकाउन उनकै निवास बालकोट पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा करिव दुई महिनापछि सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेका छन् । प्रतिनिधिसभाको निर्वाचनपछि सरकार बनाउन दौडधुप गरेका प्रचण्ड र देउवा ओली फकाउन फेरि बालकोटको दैलोमा पुगेका हुन् । कांग्रेससँगको गठबन्धन तोड्दै प्रचण्ड पुस १० गते बालकोट पुगेर बार्दलीबाट हात हल्लाउदै सत्ताको यात्रा तय गरेका थिए । तर, त्यसपछि सत्ताको भागबण्डा मिलाउन एमाले अध्यक्ष ओली नै बानेश्वरको संसद भवन र प्रचण्ड निवास खुमलटारमा पुगे । त्यो सहकार्य र गठबन्धन राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा भत्कियो ।
प्रचण्डले ओलीमाथि अविश्वास गर्दै फेरि कांग्रेस लगायतका दलकै गठबन्धनमा फर्किए । एमाले सत्ताबाट बाहिर पुग्दा कांग्रेस र नेकपा एस लगायतका दल सरकारमा सहभागि छन् । त्यो घटनाक्रमले चिढिएका ओली र प्रचण्डबीच लगभग बोलचाल नै बन्द थियो । प्रधानमन्त्री प्रचण्डबिरुद्ध द्धन्दकालिन मुद्धालाई लिएर सर्बोच्च अदालतमा मुद्धा पर्यो । मारिएका ५ हजारको मात्रै जिम्मा लिने प्रचण्डको अभिब्यक्ती र मुद्धाले राजनीतिमा तरंग ल्याइदियो । द्धन्दकालिन मुद्धा लामो समय अल्झाएर राख्न नमिल्ने अदालतले नै बताइदिएपछि प्रचण्ड द्धन्दकालिन मुद्धा गर्दनमाथिको तरवार जस्तै भएपछि उक्त संकट निरुपणको खोजीमा दौडधुप गरिरहेका छन् ।
यसअघि दुई–दुई पटक प्रधानमन्त्री, र अधिकांश समय सत्ताकै वरीपरी रहेर पनि वेवास्तमा परेको द्वन्द्वकालिन मुद्दाको निरुपण अहिले प्रचण्डका लागि मुख्य विषय बनेको छ । आफनो तेस्रो कार्यकालमा द्वन्द्वकालिन मुद्धाको निरुपण गर्न प्रचण्ड सबै शक्ति खर्चिरहेका छन । सोही अनुसार नै सोमबार प्रचण्ड दुई महिनापछि एमाले अध्यक्ष ओली फकाउन बालकोट पुगेका हुन् । ओली फकाउन प्रधानमन्त्री प्रचण्ड मात्रै होइन सँगसँगै संसदको सबैभन्दा ठूलो दल कांग्रेस सभापति देउवा पनि पुगेका छन् ।
उनीहरुको एउटै चाहना छ सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक फास्ट ट्रयाकबाट पारित गर्नु । तर, एमाले अध्यक्ष ओलीको फास्ट ट्याकबाट पारित गर्ने पक्षमा छैनन् । समितिमै छलफल गरेर निचोड निकाल्ने पक्षमा ओलीको अडान यथावत छ । एमाले अध्यक्ष ओलीले प्रचण्डको कुरा यसै मान्ने अवस्था देखिदैन । किनकि गठबन्धन भत्काउदै सरकारबाट बाहिरिनुको पीडा ओलीले अहिल्यै भुल्ने कु्रै भएन ।
संसदमा रहेको राप्रपा, रास्वपाले पनि टिआरसी बिद्येयकलाई फास्ट ट्र्याकबाट पारित गर्न दिने पक्षमा देखिदैनन् । जसका कारण बिद्येयक पारित गराउन प्रचण्डलाई निक्कै हम्मे–हम्मे पर्ने हुँदा अस्वस्थ भएका ओलीलाई स्वास्थ्य लाभको एउटा बाहना बनाउदै प्रचण्ड बालकोटमै पुगेका हुन् । आइतबार सभामुखले बोलाएको बैठक समेत प्रधानमन्त्री प्रचण्डले टारेका थिए । एउटा कुरा भने सकरात्मक मान्नै पर्छ किनकि जति दलहरुका बीचमा तिक्तता र मनमुटाप भएपनि सत्तापक्ष होस् या प्रतिपक्ष छलफल र संवादको माध्यमबाट निकास खोज्न भने दौडधुप भइरहन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #टिआरसी विद्येयक, #प्रचण्डलाई संसदमा, #फास्ट ट्रयाक
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्