पाकिस्तानः सिन्ध प्रान्तको बदिन जिल्लामा खानेपानीको चरम अभाव

सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तको बदिन जिल्लामा खानेपानी र कृषि पानीको चरम अभाव उत्पन्न भएको पाकिस्तानी स्थानीय सञ्चारमाध्यम दैनिक जसरतले उल्लेख गरेको छ। पानीको चरम अभाव भएपछि यस क्षेत्रका हजारौं एकड खेतीयोग्य जमिनमा अन्नबाली रोप्न नसकेको र लाखौं मानिस खानेपानीबाट वञ्चित छन् ।
बदिन जिल्लाका किसान नेताहरूले नहरहरूमा रेन्जरहरू नियुक्त गर्न आह्वान गरेका छन्। बदिन जिल्लामा पानी वितरणमा गम्भीर अनियमितता भएको र सिँचाइ अधिकृतले घुस लिएर नहरमा पानी आपूर्ति गरिरहेको उनीहरुको भनाइ रहेको दैनिक जसरतले जनाएको छ ।
सिन्ध सरकारले समस्या समाधान नगरे बदिन जिल्लाभर प्रदर्शन हुने स्थानीयले चेतावनी दिएका छन्। पाकिस्तानको बलुचिस्तान प्रान्तका प्रमुख क्षेत्रहरुमा पिउने पानीको तीव्र अभाव भोगिरहेका एक्सप्रेस ट्रिब्यूनले हालै रिपोर्ट गरेको छ ।
एक प्रतिवेदन अनुसार बलुचिस्तानका बासिन्दाहरूमध्ये २५ प्रतिशत मात्र सफा पिउने पानीको पहुँचमा रहेका छन्। खानेपानी उपलब्ध गराउनका लागि काम नलाग्ने वाटर फिल्ट्रेसन प्लान्टलाई पुनःस्थापना गर्न स्थानीयले सरकारसँग माग गरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्