प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।
प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा सहमति जुटाउने प्रयास स्वरुप दुई नेताबीच छलफल भएको बताइएको छ ।
यसअघि बुधबार बसेको संवैधानिक परिषदको बैठकमा संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रस्ताव गरेपनि अध्यक्ष ओलीले असहमति जनाउदै आएका छन् ।
ओलीले संसदीय समितिको पूर्णता दिएर मात्रै प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया सुरु गर्नुपर्ने बताउदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्