Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

पाकिस्तानको चर्चमा आक्रमण गरेको आरोपमा पक्राउ परेका विरुद्ध मुद्दा दर्ता


इस्लामाबाद ।  पाकिस्तानको एक चर्चमा आक्रमण गर्ने र अन्धाधुन्ध गोली चलाउने संदिग्धहरू विरुद्ध आतंकवादको मुद्दा दर्ता गरिएको छ।पास्टर युनिस जावेदले दर्ता गरेको उजुरीको जवाफमा खन्ना पुलिस स्टेशनमा आतंकवाद विरोधी ऐन र अन्य धेरै आरोपहरू अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। घटनाको अनुसन्धान काउन्टर टेररिज्म विभागलाई सुम्पिएको छ ।

स्थानीय पत्रिका डनको अनुसार प्रहरी अधिकारीले तीन जना विरुद्ध किटानी जायेरी दिएपनि अहिलेसम्म अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। एफआईआरका अनुसार पास्टरकी छोरीलाई चार व्यक्तिले रोकेर यौन उत्पीडन गरेका थिए । त्यतिबेला उनी र उनको भाइ पिन्डोरियनको चर्चमा जाँदै थिए।

पीडित युवतीकी भाइले यस्तो नगर्न आग्रह गर्दै त्यस्तो कृयाकलाप रोक्न प्रयास गरेपछि आक्रमणकारीले उनलाई कुटपिट गरेका थिए ।  पछि, ४० हतियारधारी व्यक्तिहरूको समूहले चर्च भित्र प्रार्थना गरिरहेका बेला आक्रमण गरेका थिए । चर्चमा यस्तो घटना भएको सूचना पाउनु वित्तिकै प्रहरी घटनास्थलमा पुगेपनि आक्रमणकारी प्रहरी पुग्नु अघि नै फरार भएका थिए ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्