महामन्त्री गगनको सामाजिक सञ्जालमा आक्रोशः अव त अत्ति भयो !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र तीव्र असन्तुष्टि बढेको संकेत गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टी संस्थापनप्रति आफ्नो तीतो अभिब्यक्ती पोखेका छन् ।
उनले अहिलेसम्म पार्टीको जिम्मेवारी र सीमाका कारण प्रतिरोध गर्न नसके पनि अब मौन नबस्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ । तर, हरेक पटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडें, साथीहरूलाई सम्झाएँ । तर, अब त अति भयो ! ’
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #असन्तुष्टि बढेको संकेत, #गगनकुमार थापा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्