पाकिस्तानमा चिनियाँ नागरिकलाई धर्मको निन्दा गर्न छुट

लाहोर । पाकिस्तानमा जसले इस्लाम धर्मको निन्दा गर्छ, उसलाई मृत्युदण्डको सजाय दिने कानून बनेको छ । पाकिस्तानमा ईश्वरनिन्दाको धारणालाई व्यापक रूपमा व्याख्या गरिएको छ, र धेरै मुद्दाहरु मुस्लिम चरमपन्थीहरूले बनाएका छन्।
यस्तै, क्रिस्चियन, हिन्दू लगायत अन्य अल्पसंख्यकहरू ईश्वरनिन्दाको आरोपमा वर्षौंसम्म जेलमा पर्ने गरेका छन् । यद्यपि, कोही चिनियाँ नागरिक हुनुहुन्छ भने पाकिस्तानमा ईश्वरनिन्दाको आरोप लाग्न सक्छ, गिरफ्तार पनि हुन्छ र केहि दिन पछि ७०० अमेरिकी डलरमा जमानतमा रिहा हुने गरेका छन् ।
चाइना गेजुवा ग्रुप कम्पनीले खैबर पख्तुनख्वा प्रान्तको कोहिस्तान जिल्लामा दासु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । चीनसँग पाकिस्तानको सम्बन्ध यति गहिरो छ कि पाकिस्तानमा पवित्र ईश्वरनिन्दा कानूनलाई पनि तोड्न सकिन्छ– यदि तपाईं चिनियाँ नागरिक हुनुहुन्छ भने ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्