ज्ञानेन्द्र शाहीको प्रश्नको उत्तरमा प्रचण्डले भने दोषी प्रमाणित भए जेल जान तयार छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा आज सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले कसैले उजुरी गरेर छानबिन गरेर जेल जान तयार रहेको बताएका हुन ।
क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको दाबी गरे । राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको आरोप उनको छ । भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफू तयार रहेको उनको भनाई छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्रबहादुर शाहीले वास्तविक संख्याभन्दा बढी लडाकु भर्ती गरेको भनेर प्रचण्ड आफैंले स्वीकारेको भिडिओबारे प्रश्न सोधेका थिए । उनले प्रधानमन्त्रीलाई क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारबारे छानबिन गर्न पनि चुनौती दिए । शाहीको प्रश्नमा जवाफ दिँदै प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार भयो भन्ने आरोप आरोपमात्रै भएको बताए ।
त्यस्तै, प्रश्न उत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्ने बताए । जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले टिकापुर घटनामा संलग्नको आरोपमा जन्मकैदको सजाय सुनाइएका रेशमलाल चौधरीको विषय छिट्टै टुंगो लगउने जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले चौधरीलाई छुटाउने प्रयास गरिरहेको बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जेल जान तयार छु, #ज्ञानेन्द्रबहादुर शाही, #दाहाल प्रचण्ड
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्