Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

एमालेका सचिव योगेश भट्टराईको प्रश्नमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ !


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेशको नामाकरणको विषयमा आफ्ना नेता कार्यकर्तामाथि भइरहेको आक्रमण प्रयासबारे सरकारसँग जवाफ मागेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भइरहेको भन्दै सरकारको जवाफ मागेको हो । जवाफमा उपप्रधान एवं् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनका नाममा हुने अराजक गतिबिधि सैह्य नहुने बताएका छन् ।

कोशी प्रदेशको नामाकरणका बारेमा भइरहेको आन्दोलनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङलगाएतका नेता तथा कार्यकर्ताहरुमाथि भइरहेको आक्रमण प्रयासको सरकारको जवाफ मागेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठक शुरु हुनासाथै एमाले सांसद योगेश भट्टराईले केही महिना अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको शीर्ष नेतृत्वको टोली पूर्वको बिभिन्न क्षेत्रमा भ्रमण गर्न जाँदा झापाको चारआलीदेखि इलाम, पाँचथर र तेह्रथुमसम्म पुग्दा सडकहरुमा अवरोध सिर्जना गर्ने, रुखहरु ढाल्ने, गाडीमा ढुंगामुढा गर्ने, कालो झण्डा देखाउने काम भएको बताए ।

उनले केही ठाउँमा एम्बुस समेत थापिएको र नेताहरुको हत्याको प्रयास भएको भन्दै सरकारको जवाफ मागेका थिए । एमालेको प्रश्नको जवाफ दिदै गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनका नाममा हुने अराजक गतिबिधि कुनै पनि अबस्थामा स्वीकार्न नसकिने बताए । उनले एमाले नेताहरुमाथि आक्रमणको प्रयास भइरहेकोबारे सरकार जानकार रहेको र आवश्यक सुरक्षा व्यवस्था समेत मिलाइरहेको बताए ।

उनले मन्त्री, सांसददेखि सबै नागरिकको सुरक्षाको उचित प्रवन्ध गर्न सरकार प्रयासरत रहेको समेत बताए । कोशी प्रदेशको नामाकारणका बारेमा आन्दोलन शुरु गरेका पहिचानवादीहरुले प्रदेशका मन्त्रालय घेराउ गर्नेदेखि प्रदेशसभा घेराउ गर्नेलगाएतका विरोधका कार्यक्रमहरु गरिरहेका छन् । उनीहरुले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालोझण्डा समेत देखाएका थिए ।

त्यस्तै एमालेका अन्य नेता कार्यकर्ताहरुमाथि समेत आक्रमणको प्रयास गरिरहेका छन् । एमाले नेतृत्वकै कोशी प्रदेश सरकारले पहिचानवादीहरुसँग वार्ता गर्न समिति समेत गठन गरेको छ । यसअघि बिहिबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत आन्दोलन सत्तारुढ दलकै संलग्नता रहेको भन्दै आक्रमणकारीलाई कारबाही गर्न सरकारसँग माग गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमालेले कोशी प्रदेश, #नारायणकाजी श्रेष्ठको जवाफ, #नेता कार्यकर्ता, #प्रमुख प्रतिपक्षी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं