Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

प्रचण्ड र बाबुरामलाई किन हाल्न खोजिदैछ सर्बोच्च अदालतमा मुद्धा ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई सर्बोच्च आदलतमा मुद्धा दायर हुन लागेको छ । केही समय अघि प्रधानमन्त्री प्रचण्डलाई द्धन्दकालिन मुद्धालाई लिएर सर्बोच्च अदालतमा मुद्धा नै दायर भएको थियो । सर्बोच्चले तत्काल द्धन्दकालिन मुद्धाको छिनोफानो कानुन बनाएर तत्काल गर्न आदेश पनि दिएको थियो । सोही बिषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले हतार–हतार टिआरसी विद्येयक पारित गर्न लागेपनि एमालेको अवरोधले रोकिएको छ । फेरि तत्कालिन दश बर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा मुद्धा दर्ता गर्न लागिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएको थियो । यसअघि यो मुद्दा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । तत्कालीन द्वन्द्वमा माओवादीका तर्फबाट सामेल गराइएका व्यक्तिहरूले आफूहरू बालबालिका रहँदै अन्तर्राष्ट्रिय मानवअधिकार कानुनविपरीत सैन्य गतिविधिमा लगाइएको भन्दै मुद्दा लिएर दर्ता गर्न खोजेका थिए । तर, यो संक्रमणकालीन न्यायको विषय भएकाले नियमित अदालतमा प्रवेश गर्न नसक्ने भन्दै सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले गत जेठ १६ गते दरपीठ अर्थात् दर्ता नगर्ने निर्णय आदेश गरेका थिए ।

दरपीठको निर्णयविरुद्ध निवेदकहरूले सिधै इजलासमा निवेदन दायर गरेका थिए । त्यसमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईले रिट दर्ता हुने आदेश दिएका छन् । रिट निवेदकहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, रमेश बडाल, विष्णुप्रसाद भट्टराई तथा अधिवक्ताहरू ओम अर्याल, स्वागत नेपाललगायत २१ कानुन व्यवसायीले बहस गरेका थिए । प्रस्तुत मुद्दा नियमित अदालतकै क्षेत्राधिकारभित्र पर्ने भएकाले दरपीठविरुद्धको आदेश बदर हुनुपर्ने जिकिर उनीहरूको थियो ।

संक्रमणकालीन न्यायको संयन्त्रले अहिलेसम्म काम गर्न नसकेको, सर्वोच्चको आदेश आएको ९ वर्ष बितिसक्दा पनि ऐन संशोधन हुन नसकेको र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पनि एक वर्षदेखि पदाधिकारीविहीन भएकाले न्याय पाउने निवेदकहरूको नैसर्गिक हकलाई कुनै पनि बहानामा अस्वीकार गर्न नमिल्ने उनीहरूको तर्क थियो । शुक्रबार आदेश दिएपनि मुद्धा भने दर्ता भएको छैन् । उनीहरुले आइतबार मुद्धा दर्ता गर्ने तयारी गरिरहेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डा. बाबुराम भट्टराई, #पुष्पकमल दाहाल प्रचण्ड, #पूर्वप्रधानमन्त्री, #प्रचण्ड र बाबुराम, #सर्बोच्च आदलत

तपाईको कमेन्ट लेख्नुहोस्