पाकिस्तानको पेशावरमा व्यक्ति लक्षित हत्यामा वृद्धि

इस्लामाबाद । पाकिस्तानको पेशावरमा लक्षित हत्या र हिंसात्मक सडक अपराधहरूमा अचानक वृद्धिले प्रहरीलाई चुनौति भएको छ । स्थानीयबासीले पेशावरमा सडक अपराधमा पक्राउ परेका छानबिनको लागि आह्वान गरेका छन् ।
पछिल्लो पटक दुई सिख समुदायका सदस्यहरूमाथि हमला भएको र उपनगरीय क्षेत्रहरूमा प्रहरीमाथि दुईवटा आक्रमण भएका छन्। आक्रमणमा परि तरलोक सिंह पेसावरमा गोली लागेर घाइते भएका छन् ।
मनमोहन सिंह नामका अर्का सिख व्यक्तिमाथि काक्साल नजिकैको गुलदारामा आक्रमण भएको थियो। मनमोहन सिंहको अस्पतालमा लगिएपनि मृत्यु भएको थियो।
३४ वर्षीय मनमोहन सिंह शनिबार साँझ एक अटो—रिक्शामा घर जाँदै गर्दा अज्ञात सशस्त्र व्यक्तिहरूले गुलदारा, काक्साल नजिकै उनीमाथि गोली चलाएका थिए ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्