Techie IT
  • २२ माघ २०८१, मंगलबार
KhojPatrika

ठुला दलले पेलेपछी रास्वपा र राप्रपाको एउटै स्वर, संसदमा हामी पनि छौ


काठमाडौं । तिन ठुला दलको मुडमा संसद चल्न थालेपछी प्रतिनिधिसभाको चोथौ र पाचौ ठुलो दलले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाचौ ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा धेरै दलको उपस्थिती रहेकाले आफुहरुलाई बाईपास नगर्न चेतावनी दिएका छन् ।

तिन ठुला दलहरुको इसारामा संसद चलेको भन्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा आफुहरुको पनी उपस्थिती छ भन्ने हेक्का राख्न आग्रह गरेका हुन् । प्रतिनिधिसभामा २२ सिट सहित चौथो दलको भुमिकामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ र १४ सिट सहित पाचौ ठुलो दलको भुमिकामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले संसदमा आफ्नो भुमिका खोजेका छन ।

संसद नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितका तिन ठुला दलको बन्धक बनेको भन्दै राप्रपा र रास्वपाले संसदमा अन्य दलहरु पनी छन भने हेक्का राख्न आग्रह गरेका छन । संसद बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा धेरै दलहरू रहेको भन्दै बाइपास नगर्न चेताजनी दिएका हुन ।

रास्वपाका सभापति लामीछानेले संसदलाई तीन दलले बन्धक बनाएको भन्दै आपत्ति प्रकट गरे । उनले संसदलाई केहि दलहरूले आफ्नो जुँगाको लडाइँको विषय बनाउन नहुने बताए । राप्रपा अध्यक्ष लिङदेनले पनी तीन दलका नेता बसेर सबै निर्णय नगर्न चेतावनी दिए । उनले संसदमा नयाँ विचारको प्रतिनिधित्व गर्ने धेरै दलहरू रहेको स्मरण गराए ।

लिङदेनले तीन दलको नेता बसेर गर्ने सबै निर्णय मान्य नहुने बताए । यसअघि संसद अवरुद्ध भएपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुका बिचमा मात्रै छलफल भएको थियो । जुन छलफलपछि नेकपा एमाले संसदको अवरोध हटाउन तयार भएको थियो । तर संसद अवरोध गरिरहेका दुई दल रास्वपा र राप्रपालाई भने ठुला दलले भाउ दिएका थिएनन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तिन ठुला दल, #राप्रपाको एउटै स्वर, #रास्वपा

तपाईको कमेन्ट लेख्नुहोस्