थाइल्याण्डमा नयाँ प्रधानमन्त्री चयन गर्न असफल

काठमाडौं । थाइल्याण्डको संसद बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ ।
प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले सांसदहरूबाट बहुमत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री चयन हुन नसकेको हो ।
पाँच सय सदस्यीय तल्लो सदन र २५० सिनेटरको माथिल्लो सदनको संयुक्त अधिवेशनमा पिता प्रधानमन्त्रीका लागि मनोनीत एकमात्र उम्मेदवार थिए । तर, उनको पक्षमा ३२४ मतमात्र परेको थियो । यो प्रधानमन्त्री बन्न आवश्यक ३७६ मतको साधारण बहुमतभन्दा कम थियो ।
सांसदहरूबीच घन्टौं लामो बहसपछि मतदान भएको थियो । थाइल्याण्डमा गत मे महिनामा भएको आमनिर्वाचनमा मुभ फरवार्ड पार्टी संसदको तल्लो सदनमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, विदेश, समाचार, सामाजिक सञ्जाल
ट्याग : #थाइल्याण्डको संसद, #नयाँ प्रधानमन्त्री
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्