Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

रास्वपाभित्र देखियो शक्तिसंघर्ष, कार्यकर्ताबिच कुटाकुट !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद चुलिएको छ । रुपन्देहीमा रास्वपाका नेताहरुका बिचमा विवाद हुँदा नेताहरुवीच कुटाकुट नै भएको छ । जिल्लाका अलवा केन्द्रमा समेत रास्वपा नेताहरु वीच विवाद देखिएको छ । यता रास्वपा सभापति रवि लामिछाने र सांसद स्वर्णीम वाग्लेवीच समेत पछिल्लो समय सम्बन्ध चिसिएको बताइन्छ । नेपाली राजनीतिमा बैकल्पिक शक्तीका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय विवादै विवादको घेरामा परेको छ ।

रास्वपा सभापति रवि लामिछानेको नागरिकता प्रकरण, २ करोडको अडियो प्रकरणसंगै यतिबेला रास्वपा रुपन्देहीका नेताहरु वीचको कुटाकुटको विषयले प्रबेश पाएको छ । शृखलाबद्ध रुपमा रास्वपाभित्र एकपछि अर्काे चिवाद चर्किन थालेपछि रास्वपाको आलोचना समेत भइरहेको छ । गत हप्ता रुपन्देहीमा रास्वपा पार्टीको संस्थापन पक्षले विधानको कुरा उठाउँदा नेताको सदस्यता खारेजी र कुटपिट गरेको भन्दै अर्काे पक्षले विरोध जनाएको छ ।

पार्टीको ¥यापिड एक्सन टिम सैनामैना नगर संयोजक दामोदर खत्रीले विधानअनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्दा प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतले पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको र उल्टै आफू बिरुद्ध कुटपिटको उजुरी दिएको दाबी गरेका छन् ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी खत्रीले पार्टीलाई विधान अनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन घिमिरे, ज्ञवाली र तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरुको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको दाबी गरेका थिए । त्यस्तै रास्वपा रुपन्देहीको विवादले केन्द्रीय स्तरमा समेत प्रबेश पाएको आशंका गरिएको छ । नयाँ र आशा गरिएको रास्वपा केन्द्रीय नेताहरुवीच समेत पछिल्लो समय सम्बन्ध चिसिएको छ ।

रास्वपा सभापति रवि लामिछाने र सांसद स्वर्णीम वाग्लेवीच दुरी बढेको आकलन गरिएको छ । रास्वपा सांसद वाग्लले नेपाली सेनालाई घटाएर मुलकको आर्थिक भार कम गर्नेपर्ने भनेर दिएको अभिव्यक्तिको चोतर्फी आलोचना भएको थियो । जसमा वाग्लेलाई रास्वपा सभापति रवि लामिछानेसहित अन्य नेताहरुले अभिब्यक्ति तर्कसम्मत नरहेको भन्दै साथ दिएका थिएनन् । सांसद वाग्लेको उक्त अभिब्यक्तिमा पार्टी नेताहरुले साथ नदिएपछि गल्ती सच्याएका थिए ।

त्यसो त नेपाली कांग्रेसमा लामो राजनीतिक विरासत बोकेर विद्रोह गर्दे रास्वपा प्रबेश गरेका वाग्लेलाई रास्वपाले पार्टीभित्र नेतृत्वदायी भुमिका समेत दिएको छैन् । जसले समेत रास्वपाभित्र स्वार्णीम र रवि गुट रहेको आशंका गर्न थालिएको छ । तथापी गएको मंसिरमा भएको आमचुनावमा २० सिटका साथ संसदको चोथो ठुलो शक्ति बनेको रास्वपाले शिर्ष राजनीतिक दलको कटु आलोचना गर्दे जनमत बटुलेको थियो । तर पछिल्लो समय रास्वपाभित्र समेत उहि पुरानै राजनीतिक दलको प्रबृत्ती हावी हुन थालेको आरोप लाग्न थालेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कार्यकर्ताबिच कुटाकुट, #रास्वपा

तपाईको कमेन्ट लेख्नुहोस्