कांग्रेस केन्द्रीय समिति बैठकमा गगन–विश्वप्रकाशको एउटै स्वरः नेतृत्व युवालाई दिऔं
काठमाडौं । साउन २ गतेदेखि केन्द्रिय कार्यालय सानेपामा जारी नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक अब अन्तिम चरणमा छ । करिब एक वर्षपछी बसेको बैठकमा आरोप प्रत्यारोपको दोहोरी नै चल्यो । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथी आलोचनात्मक प्रश्न गरे । महामन्त्रीद्वयले पनि पुग्नेगरी जवाफ फर्काए ।
बैठकमा दुइ महामन्त्री बिच मिलेको केमेस्ट्रि अहिले कांग्रेसभित्र र बाहिर चर्चाको बिषय बनेको छ । गत साउन २ गतेबाट सुरु भएर अन्तिम चरणमा पुगेको नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र बिश्व प्रकाश शर्मामाथी प्रश्नको बर्षा भयो । खासगरी संस्थापन पक्षीय केन्द्रिय सदस्यहरुले महामन्त्रीद्वयलाई आलोचनाको तारो बनाए । बैठकमा पार्टी सभापति शेरबहादुर देउवामाथीको असन्तुष्टि खासै सुनिएन । तर महामन्त्रीद्वयले भने आलोचनै आलोचनाको भारी बोक्नुप¥यो ।
महामन्त्रीद्वयले सभापति देउवाविरुद्ध दिदै आएका आक्रामक अभिब्यक्तीमाथी संस्थापन पक्षिय केन्द्रिय सदस्यहरुले प्रश्न उठाएका थिए । बैठककमा पाचौ दिन सम्म केन्द्रिय सदस्यहरुले गरेका प्रश्नहरुलाई महामन्त्रीद्वयले सुनिरहे । जब छैठौ दिन जवाफ दिने पालो आयो तब महामन्त्रीद्वयले पुग्ने गरी जवाफ फर्काए ।
जवाफ फर्काउने क्रममा महामन्त्रीद्वयबिच मिलेको केमेस्ट्रिको बारेमा भने अहिले कांग्रेस भित्र र बाहिर चर्चा भईरहेको छ । महामन्त्रीद्वयले स्पष्ट रुपमा कांग्रेस अगाडि कसरी बढ्नुपर्छ भन्ने धारणा राखे । उनीहरूले एकअर्कालाई सहयोग पुग्नेगरी केन्द्रीय सदस्यहरूलाई जवाफ दिए । उनीहरूले सभापति देउवाको आलोचना पनि मिठास तरिकाले गरे ।
देउवाले भने बैठकको अन्तिम दिन बुधबार बैठकमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् । बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्न र महामन्त्रीद्वयले दिएको जवाफले पाटीभित्रको गुट उपगुटको राजनीति छताछुल्ल पोखिएको बिश्लेषण भईरहेको छ । तर कांग्रेस नेताहरु भने केन्द्रिय समितिको बैठकले पार्टी झन मजबुत भएको दाबी गर्छन ।
पहिलोपटक नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गर्दा बैठकमा भएका सबै गतिबिधि नागरिकले समेत थाहा पाएका छन् । तर पार्टीभित्र आलोचनात्मक रुपमा आम जनजिबिकाका सवालमा बहश हुने अपेक्षा गरेकाहरुलाई भने कांग्रेस केन्द्रीय समिति बैठकले खासै केही दिन नसकेको विश्लेषण भने शुरु भएको छ । यता महामन्त्रीद्वयले भने पार्टी बैठक फलदायी भएको टिप्पणी भने गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गगन–विश्वप्रकाश
तपाईको कमेन्ट लेख्नुहोस्