Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

किन असान्दर्भिक टिप्पणी गरेर समय खेर फाल्छन् ओली ? दरबार हत्याकाण्डबारे अपुष्ट आरोप


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वाकपटुता भएका नेता हुन् । भाषण कलामा पनि निपुर्ण ओलीका हरेक अभिब्यक्ती भने सान्दर्भिक हुने गरेका छैनन् । अहिलेको राजीनितिको केन्द्रिय भुमिकामा रहेका ओली कहिले कतै भने आफ्नै अभिब्यक्तीका कारण विवादमा तानिने गरेका छन् ।

अहिले राजदरबार हत्याकाण्डका बारेमा दिएको आक्रामक अभिब्यक्तीले ओली विवादमा तानिएका छन् । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली बिबादमा तानिएका छन । राजदरबार हत्याकाण्डका बारेमा उनले दिएको एक अभिब्यक्ती भाईरल भईरहेको छ । उनले सत्ताको राजनीति कति सम्म निर्मम हुन्छ भन्दै राजदरबार हत्याकाण्डको उदाहरण दिएका थिए । शुक्रबार जनबर्गिय संगठनको कार्यक्रममा ओलीले राजदरबार हत्याकाण्डबारे टिप्पणी गर्दै आफ्नैले आफ्नैको हत्या गरेर छोराको टाउकोमा दोष थोपरिदिएको बताएका थिए ।

पूर्वराजा, राजसंस्था, राजपरीवार र राजावादीहरुमाथी ओलीले अनाबश्यक टिप्पणी गरेको यो पहिलो पटक भने होईन । यसअघि पनि उनले राजसंस्थामाथी आक्रामक अभिब्यक्ती दिएका थिए । कहिले पुर्बयुबराज्ञी हिमानी शाह त कहिले राजावादीहरुमाथी खनिदै आएका ओलीले फेरी एकपटक पूर्वराजा ज्ञानेन्द्रलाई निसाना बनाएका हुन् । केहि महिनाअघि ओलीले राजतन्त्रको वकालत गर्ने राजाबादीहरु मुर्ख भएको टिप्पणी गरेका थिए ।

त्यतिबेला उनले फटाहा, मुर्ख र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका थिए । ओलीको टिप्पणीपछी राजदरबार हत्याकाण्ड पुनः बहशमा आएको छ । हुनत तेस्रोपटक प्रधानमन्त्री भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदरबार हत्याकाण्डको अनुसन्धान गर्ने आफ्नो चाहना रहेका संसदमै बताइसकेका छन् । दरबार हत्याकाण्डपछि तत्कालिन सरकारले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाइसकेको छ । तरपनि रहस्यमयी घटनाका रुपमा दर्ज भएको दरबार हत्याकाण्डका बारेमा नेताहरु अहिले समेत मतैक्य देखिदैनन् । त्यसकै पेरिफेरिमा अध्यक्ष ओली पनि थपिएका हुन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #भाषण कला

तपाईको कमेन्ट लेख्नुहोस्