Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

किन माओवादीलाई पाटी जस्तो मानेनन् अध्यक्ष प्रचण्डले ? के हो त अवको विकल्प !


काठमाडौं । बुधबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटि बैठकमा पार्टीको आगामि रणनीति, कार्यदिशा र कार्ययोजनाका बिषयमा छलफल सुरु भएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको गतिबिधि कमजोर रहेको भन्दै असन्तुष्टी पोखेका छन ।

आफ्नो पार्टी पार्टी जस्तो नभएको टिप्पणी गरेका प्रचण्डले आफु नेतृत्वको सरकारको भने प्रशंशा गरेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटि बैठक काठमाडौँमा सुरु भएको छ । प्रज्ञा प्रतिस्ष्ठान कमलादीमा सुरु भएको बैठकको पहिलो दिनमै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीप्रति असन्तुष्टि पोखेका छन ।

उनले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन । त्यसक्रममा उनले केन्द्रिय कमिटिको बैठकलाई पार्टी पुनर्निर्माणको सुरुवात बनाउनुपर्ने धारणा राखेका छन । बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन समेत पेश गरेका छन् । अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आगामी मंसिरमा विधान सम्मेलन गर्ने र पार्टीलाई सुदृढिकरणका लागि तीन महिने अभियान चलाउने उल्लेख छ ।

बैठकमा छलफलका लागि ५ वटा एजेण्डा प्रस्तुत गरिएको छ । जसमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान सम्मेलन सहितका एजेण्डा छन । राजनीतिक प्रतिवेदनमा पार्टी सुदृढिकरणका लागि तीन महिने अभियान चलाउने, संगठन सुदृढिकरणका लागि पार्टी सदस्यता बढाउने लगायत रहेका एजेण्डा रहेका छन ।

यस्तै माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने भएको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थप गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा गरेका छन ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केन्द्रको केन्द्रिय कमिटि, #नेकपा माओवादी केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्