संसद नचलेको दिनको भत्ता नलिने रास्वपाको घोषणा,एमालेले संसद अझै खोलेन !

काठमाडौं । सय किलो सुन प्रकरणमा उच्चस्तरिय छानबिन समिति गठन गर्नुपर्ने अडानमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबारको संसद बैठकमा पनी अबरोध पु¥याएको छ । एमालेको अबरोधका कारण प्रतिनिधिसभाको बैठक साउन २९ गते र रष्ट्रियसभाको बैठक साउन ३१ गते सम्मका लागि स्थगित भएका छन । यता राष्ट्रिय स्वतन्त्र पार्टीले भने संसद अबरुद्ध भएको दिनको तलब भत्ता नलिने घोषणा गरेर एमालेलाइ अप्ठयारोमा पारिदिएको छ ।
सय किलो सुन प्रकरणमा उच्चस्तरिय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानले प्रतिनिधि सभा र राष्ट्रियसभा बैठक स्थगित भएका छन । सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाशशरण महतलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग राखेर एमालेले साउन १० गतेदेखी संसदका दुबै सदन अबरुद्ध गरीरहेको छ ।
शुक्रबारका लागी तय भएको राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदहरुले उठेर बिरोध जनाएका थिए । नेपाली कांग्रेस र माओवादी केन्द्र सहितका सत्तारुढ दलका सांसदहरुले भने त्यसको प्रतिबाद गरेका थिए । एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक समेत साउन २९ गते सम्मका लागी स्थगित भएको छ । बैठकको सुरुमै एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए ।
सांसद साहले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गरेकि छन । उच्चस्तरीय समिति नबनेसम्म एमालेको अवरोध कायमै रहने उनको भनाई थियो । एमालेको अबरोधका कारण संसद बन्धक बनेपछी राष्ट्रिय स्वतन्त्र पार्र्टीले भने सभामुखको ध्यानाकर्षण गरेको छ । रास्वपाले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने पनी घोषणा गरेको छ ।
रास्वपाको यो घोषणाले भने अन्य दललाइ भने अप्ठयारोमा पारिदिएको छ । सदन बाहिर भने नो वर्क नो पे भनेर आवाज उठन थालेको छ । यता संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले संसदको अबरोधका अन्त्यका लागी पहल गर्ने बताएको छ । संसदिय दलको बैठकमा सांसदहरुले सभापति शेरबहादुर देउवालाई संसद्को गतिरोध अन्त्यका लागि अग्रसरता लिन सुझाव दिएका थिए ।
सय किलो सुन प्रकरणमा उच्च स्तरिय छानबिन समितिको माग गर्दै एमालेले संसद अबरुद्ध गरेको आधा महिना कटिसकेको छ । संसदको गतिरोध अन्त्यका लागी सभामुख घिमिरेले पटक पटक शिर्ष नेतृत्व सँग छलफल पनि गरीरहेको छ । तर सत्तापक्ष र प्रतिपक्षी बिचको लडाईले संसद बन्धक बनिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उच्चस्तरिय छानबिन समिति, #प्रमुख प्रतिपक्षी दल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्