प्रधानमन्त्री प्रचण्डले बोलाएको राष्ट्रिय दलको बैठक पनि निष्कर्षविहीन

काठमाडौं । एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक निष्कर्षविहीन सकिएको छ । प्रमुख प्रतिपक्षी दल, अन्य विपक्षी दल तथा सत्तारुढ दलहरू बीच भएको छलफलमा संसद् खुलाउने विषयमा सहमति जुट्न सकेन ।
आइतबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा संसद् खुलाउने विषयमा भएको छलफल सहमतिको नजिक पुगेको नेताहरुले दाबी गरेका छन् । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानले गति लिएको र समानान्तर ढङ्गले छानबिन समिति बनाउँदा त्यसमा अवरोध हुन्छ कि भन्ने कुरा राखेका थिए ।
गृहमन्त्रीले मागेको समय १५ दिन बाँकी रहेकोले अब त्यति दिन पर्खने कि भन्ने कुरा भएको रास्वपा सभापति रवि लामिछानेले बताएका छन् । उनले आफ्नो दलको लाइन छानबिन समिति बनाए पनि वा नबनाए पनि संसद् भने खुलाउनुपर्ने धारणा रहेको बताए । उनले भोलिको बैठकले यसलाई टुङ्ग्याउने विश्वास लिएको बताए ।
तस्करीको सुन अनुसन्धानको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले गत साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । संसद् खुलाउनका लागि विभिन्न समयमा भएका बैठकहरू असफल हुँदै आएका छन् । शनिबारको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आइतबारसम्म सहमति जुट्ने बताएका थिए । तर, सभामुखले पनि बोलाएको बैठक निष्कर्ष विहिन भएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रतिनिधिसभा बैठक, #बैठक निष्कर्षविहीन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्