संसदको रोष्ट्रममा पटक–पटक किन गित गुनगुनाउछन् माधवकुमार नेपाल ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कहिले काँही संसदमा देशभक्तीपूर्ण गित गुनगुनाउने गरेका छन् । २०७४ मा गित गुनगुनाउँदा सत्ताको बागडोर सम्हालेका केपी शर्मा ओली नै रिसाएर पाटीमा हलचल मच्चियो । त्यसपछि गित गुनगुनाउने क्रम केही रोकिदा फेरि विहिबार संसदमा राष्ट्रप्रति ओतप्रोत गित नै सुनाए । तर, गितका टुक्का सुनाउदा दलहरु र आफै देशका लागि केही किन गर्दैनन् ।
२०७४ फागुन २२ गते नेकपा एमालेमा रहँदा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदको रोष्टमबाटै एउटा गित गाए । मेरो देश डुब्न लाग्यो किनार लगाइदेऊ, सपूत छौ कि कोई माझी बचाइदेऊ’ । यहि नेपालको गितले सत्ताको बागडोर सम्हालेको एमालेमा खैलाबैला नै मच्चियो । भर्खरै सत्ताको नेतृत्व गरेका केपी शर्मा ओलीलाई नै झटारो हानिएको यो गितले ओलीको चित्त साह्रै दुख्यो । तर, देश नै डुब्न लाग्यो भन्दै भन्दै गरिएको ब्यङ्ग्यले पाटीमा ठूलै हलचल नै मच्चाएको थियो ।
यतिबेला माधवकुमार नेपाल एमाले अध्यक्ष ओलीसँगको टकरावका कारण नेकपा एकीकृत समाजवादी पाटी खोलेर नेतृत्व गरिरहेका छन् । नेपालले सत्ता गठबन्धनमा रहेर आफ्ना नेताहरुलाई मन्त्रीमा पनि पठाएका छन् । उनै माधव नेपालले विहिबार पनि प्रतिनिधिसभाको बैठकमा अर्को गितको भाका सुनाएका छन् ।
‘छाडेर काम सारा एक काम रोजिरहेको छु, यो देशमा म एउटा मानिस खोजिरहेको छु भन्ने गीत सम्झिए । उनले यो गीत सम्झेर कसैलाई पनि घोचपेच नगरेको प्रष्टीकरण पनि छिट्टै दिए । अध्यक्ष नेपालले फरक प्रसंगमा अर्को गीत पनि सम्झिएका थिए । उनले ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ जुनकिरी झैँ ज्योती बाली अन्धकारमा चम्किन्छ’ भन्ने गीत पनि सम्झिए ।
माधव नेपालले गीतले भनेजस्तै नेपालीले अनेक चुनौती सामना गरी विजय पनि प्राप्त गरेको भन्दै निराश हुनुपर्ने कारण नरहेको बताए । उनले नेपालमा केही पनि छैन, केही भएन, सबै सक्कियो भन्ने भाष्य निर्माण गरिएको भन्दै त्यो गलत भएको बताएका थिए । उनले नेकपा एमालेलाई लक्षित गर्दै सत्ताबाट बाहिर हुँदाको पीडा सदन अवरोध गरेर मात्रै नहुने बताए ।
सरकारले गरेको राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने बताए । संसदमा गाएको गितले सत्तामा बस्ने र नबस्ने नेताहरुलाई छुनुपर्ने हो । उनै गित गुनगुनाउने माधव नेपाललाई पनि गितले भनेजस्तै काम गर्ने र नेताहरुलाई निर्देशन दिनुपर्ने हो । तर, संसदमा गाएको गित रोष्टमबाट बाहिरिएपछि विर्सनु नै अच्चम हो ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #टुक्का सुनाउदा, #देशभक्तीपूर्ण गित गुनगुनाउने, #नेपाल कहिले काँही संसद, #माधवकुमार नेपाल, #रोष्टमबाटै एउटा गित गाए
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्