निष्पक्ष भूमिका ननिभाएको राष्ट्रपति पौडेललाई एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले काँग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको गम्भिर आरोप लगाएका छन् । संविधान अनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुवै नचलेको ओलीको भनाई छ । सरकारको काम कारवाहीमा चर्को आलोचना गरेका ओलीले विकासभन्दा गुन्डाहरूको संरक्षणमा आफ्नो रुचि देखाएको आरोप लगाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । पार्टीको जनसंगठन समन्वय संयन्त्रले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अहिले पनि राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गरिरहेको आरोप लगाए । राष्ट्रपतिले तनहुँमा पुगेर काँग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रुपमा पुगेको ओलीको आरोप छ ।
राष्ट्रपति पौडेलको शुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको ओलीको आरोप छ । ओलीले संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड दुवै नचलेको जिकिर गरे । उनले वर्तमान सरकारलाई विकाशतर्फ नभएर गुण्डाहरूको प्रोत्साहन र अपराधीहरूलाई छुटकारा दिनतर्फ केन्द्रित भएको बताए । सबै तहका अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गर्दा पनि सरकारले थुन्नै नहुने भन्दै त्यस्ता व्यक्तिलाई आममाफी दिने गरेको ओलीको भनाई छ ।
त्यस्तै, महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताए । उनले नेपाली सेना र नेकपा एमाले कमजोर बनाउन सके नेपाल राष्ट्रलाई विदेशीहरुको क्रिडास्थल बनाउन सकिने मनशायले नेकपा एमालेमाथि प्रहार भइरहेको उनको भनाई छ । महासचिव पोखरेलले जाजरकोट र रुकूम पश्चिमको भुकम्पको विषयलाई लिएर जनतालाई राहत र उद्धारको आवश्यकता भएको अवस्थामा सरकार मैदानबाट भागेको आरोप लगाएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #राष्ट्रपति पौडेल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्