पशुपंक्षी क्षेत्रको विकासका लागि कृषि मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता

काठमाडौं । कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्नेगरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानको तर्फबाट सहायक महानिर्देशक डा. शर्ली तरावलीले सम्झौता पत्रका हस्ताक्षर गरेका हुन ।
अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच भएको सम्झौताले पशुपंक्षी अनुसन्धान, विकास, नविन प्रविधि प्रवद्र्धन र कषि क्षेत्रको दिगो विकासमा योगदान पुग्ने सरकारले विश्वास लिएको बताएको छ । सम्झौता पत्रका हस्ताक्षर कार्यक्रममा कृषिमन्त्री डा. वेदुराम भुसालले विकासशिल देशहरुमा पशुपालनको क्षेत्रमा काम गरी किसानहरुको जनजीवनमा सुधार ल्याउने उद्देश्यले अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानसँग भएको सम्झौतापत्र नेपालको लागि महत्वपूर्ण कोशेढुङ्गा भएको दाबी गरे । उनले सरकारले विगत लामो समयदेखि अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानसँग सहकार्य गर्दै उल्लेख गर्दै जलवायु स्मार्ट पशुपालन, पशुपालनमा लगानी र लम्की स्किन रोकथाम कार्यशाला गर्दै आएको बताए ।
मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानसँगको सहकार्यले नेपालको पशुपालन क्षेत्रमा स्थानीय समस्याहरुलाई समाधान गर्न अनुसन्धानात्मक कार्यहरुलाई स्तरीय र अन्तर्राष्ट्रिय परिवेश अनुकुल बनाउन फलदायी हुने विश्वास रहेको बताए । उचित पोषण,बाल कुपोषण न्युनीकरण गर्न,संज्ञानात्मक विकासमा सुधार,खाद्य उत्पादन र स्वास्थ्यको लागि साना किसानको पशुपालन प्रणालीलाई रुपान्तरण गर्ने अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानकी महानिर्देशक तरावलीले बताइन ।
अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानले नेपालमा पहिलादेखि भैंसीको दुध मूल्य श्रृंखला,पशुधन लगानी योजना,क्षमता विकास र लम्की स्किन रोग नियन्त्रण सम्बन्धी कार्यशाला र पानीको सदुपयोग,मिथेन ग्यास उत्सर्जन, एकीकृत पोषण प्याकेज स्केलिङ सम्बन्धी अन्य परियोजनाहरुमा काम गरिहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पशु अनुसन्धान, #सम्झौतापत्रमा हस्ताक्षर, #संस्थानबीच सम्झौतापत्र
तपाईको कमेन्ट लेख्नुहोस्