माओवादी केन्द्रको विधान अधिवेशनमा छलफलका लागि २० समूहमा विभाजन

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन राजधानीमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विधान अधिवेशन सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने अधिवेशनमा एक हजार तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
अधिवेशनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहेको छ । पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन अधिवेशन आयोजना गरिएको हो ।
पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विधान अधिवेशनमा मस्यौदा विधान पेश गरेका छन् । बैठकमा मस्यौदामाथि छलफल गर्नकोृ लागि २० समूह गठन गरेको छ ।
अधिवेशनमा करिब १२ सय प्रतिनिधि सहभागी छन् । बैठकमा पार्टीका नेतृत्व चयन प्रक्रियाको विषयमा बहस भइरहेको छ । अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत पार्टीको सबै कमिटी निर्माण गर्ने प्रस्ताव गरेका पेस गरेका छन् । पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने बताए ।
सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ । यस्तै नेता जनार्दन शर्माको विधान मस्यौदासम्बन्धी पूरक प्रस्ताव पनि अधिवेशनमा छलफल हुने भएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तीन सयभन्दा बढी, #मस्यौदा तयार, #विधान अधिवेशन
तपाईको कमेन्ट लेख्नुहोस्