देशमा बिभिन्न अराजक गतिबिधि हुँदा समेत सरकार चुपचाप

काठमाडौं । देशमा अराजकता मौलाउदै गएपनि सरकार भने चुपचाप छ । ब्यवसायी कर्मचारीलाई विना प्रमाण मोसो दल्नेदेखि चोर फटाह भन्ने सम्मका गतिविधि हुँदा समेत त्यस्ता पात्रलाई सरकारले कानुनी दायरामा ल्याउन सकेको छैन् । अझ् एउटा ब्यक्तीको पछि लागेर न्याय पाइन्छ भन्दै नागरिक सरकारी संयन्त्र बिरुद्ध नै लागिरहेका छन् । पछिल्लो समय देशमा अराजकताको मौलाउदै गएको देखिन्छ । यो देशमा जसले जे बोलेपनि भएको छ जसले जे गरेपनि भएको छ । यो देशमा राज्य संयन्त्र नभएको पनि होईन तर सरकार भने यी सबै रमिता हेरेर बसीरहेको छ ।
राज्य छ तर जनताले अनुभुति हुने गरि कुनै काम गर्न सकेको छैन् । यो देशका पीडित नागरीक न्याय माग्न एउटा व्यक्तिको पछि लागेर हिडिरहेका छन् । के साच्चै पीडितका लागि राज्य नभएकै हो ? तीन तहका सरकार हुँदा पनि एउटा व्यक्तिलाई भगवान मानेर नागरिक किन हिडिरहेका छन् । बैंक, लघुवित्त, मिटरव्याज पीडितहरुले न्याय पाएका छैनन् । उनीहरुले बारम्बार दुखेसो पोखेपनि राज्य संयन्त्रले किन चासो देखाएको छैन् भन्ने प्रश्न उब्जिएको छ । नागरिक एक व्यक्तिको आशमा न्याय पाइने भन्दै पछि पछि दौडिरहेका छन् । तर, सरकार भने मुकदर्शक बनेर बसीरहेको छ ।
पीडित नागरिकलाई न्याय कस्ले दिने हो सरकारले वा व्यक्तिले ? यो देशमा राज्य नभएको पनि होईन तर पीडितहरु दुर्गा प्रसाईको शरणमा किन जान्छन् ? दुर्गा प्रसाई न कुनै पार्टीका न त नेता नै हुन् । तर, पनि जनता उनलाई भगवान मानेर हिंडिरहेका छन् । नेपालमा राजतन्त्र फर्काउने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाई मंसीर ७ गते देखि चरणवद्व गरिरहेको आन्दोलन पनि अराजक बन्दै छ । प्रसाईँ आफै ब्यवसायीलाई चोर र फटाह भन्दै सार्वजनिक कार्यक्रममै ठूला ठूला अक्षर र फोटो सार्वजनिक गरिरहेका छन् ।
बैंक तथा बित्तिय संस्था डुब्दैछ भन्ने हल्ला गर्ने छुट प्रसाईँलाई राज्यले दिइरहेको छ । खुलेआम दुर्गा प्रसाईले विना प्रमाण नेता, कर्मचारी र ब्यवसायीको फोटो सार्वजनिक गर्दा समेत सरकारी निकाय चुपचाप छ । अझ् माफिया चोर र फटाह भन्दै आफ्नै तस्वीर सार्वजनिक गर्दा समेत ब्यवसायी र नेताहरु किन बोल्दैनन् । चरित्र हत्या गर्दा समेत उनीहरु चुपचाप रहनु भनेकै गल्ती भएको स्वीकार्नु होइन र ? राजनीतिक आडमा धन, अनि धनको आडमा राजनीतिक महत्वाकांक्षा फैलाउँदै लगेका प्रसाईंका वित्तीय अराजकताका मौलाउदै गएको छ ।
यस्ता गतिविधिले सामाजिक एकतामा मात्रै खलल पुगेको छैन, सिंगो बैंकिङ प्रणालीमाथि नै जोखिमको अवस्था सिर्जना भइरहेको छ । सरकारका उच्च तहका नेता नीतिगत भ्रष्टाचारमा लिप्त हुनुले कर्मचारीतन्त्रमा जे गरे पनि हुन्छ भन्ने मनोभावना वृद्धि भएको छ । जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता झ्यांगिएको छ । त्यसैले पनि पछिल्लो समय दैनिक कर्मचारीलाई जनताहरुले धमाधम कालो मोसो दलिरहेका छन् ।
कालो मोसोबाट दुर्गा प्रसाई पनि अछुत छैनन् । लघुवित्त पिडितहरुले दुर्गा प्रसाईलाई भगवान नै मानेपनि प्रसाईलाई भने एमालेका कार्यकर्ताले होटेलमै कालो मोसो दलिदिएका थिए । दैनिक कर्मचारीलाई कालोमोसो दल्दा पनि सरकारले केही कदम चालेको छैन् । यो देशमा जस्ले जे गरेपनि देशमा मौलाएको अराजक र भ्रष्टाचार नियन्त्रण गर्ने र पिडितलाई न्याय दिलाउने भनेकै सरकार हो । तर, सरकार नै अराजकतालाई छुट दिएर आँखा चिम्म गरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #खुलेआम दुर्गा प्रसाईले, #विना प्रमाण नेता
तपाईको कमेन्ट लेख्नुहोस्