संदीय छानबिन समिति बनाउने कांग्रेसको अडान यथावत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संदीय समिति बनाउनैपर्ने अडान दोहोर्याएको छ ।
आइतबारको प्रतिनिधिसभाको सुरुवातमै कांग्रेस सांसद संजयकुमार गौतमले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने आफूहरूको अडान कायमै रहेको स्पष्ट पारे ।
कांग्रेसले बारम्बार प्रश्न उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी प्रमुखले जवाफ दिएपनि त्यसले थप संशय पैदा भएको सांसद गौतमको भनाइ छ । सांसद गौतमले कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर नभई बचतकर्ता पीडितहरूले न्याय पाउन् भनेर यो विषय गम्भीरताका साथ उठाएको बताए ।
उनले यो प्रश्न कानूनी मात्र नभई नैतिकताको पनि भएकाले गृहमन्त्री स्वंयमले पनि गम्भीर रुपमा लिनुपर्ने बताएका थिए । कांग्रेस गृहमन्त्री लामिछानेविरुद्ध छानबिन समिति नबनाइए आजदेखि सदन अवरोध गर्ने जनाएको थियो । तर, उसले सदन अवरोध नगरेपनि आफूहरूको अडान कायमै रहेको दोहोर्याएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रमुख प्रतिपक्षी, #संदीय समिति
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्