उम्मेद्वार छान्न कांग्रेसमा सकस, इलाम २ मा खड्का र आचार्यको पक्षमा कसरत

काठमाडौं । नेपाली कांग्रेसको मंगलबार बसेको नेताहरुको बैठकले पनि उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन सकेन । मंगलबार कांग्रेसको कार्यसम्पादन र संसदीय बोर्डको बैठक बोलाइएको थियो ।
बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद भएकाले टुंगो लगाउन नसकेको बताइएको छ । मंगलबारको बैठकमा सभापति देउवाले इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने धारणा राखे भने शेखर–गगन पक्षले अस्वीकार गरेको छ ।
उनीहरु इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने अडानमा छन् । कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले उम्मेदवार टुंगो लगाउन बुधबार दिउँसो २ बजे बैठक बस्ने जानकारी दिए ।
देउवा पक्षले ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा डम्बर खड्का जम्मा ११४ मतान्तरले मात्र एमालेका सुवासचन्द्र नेम्वाङसँग पराजित भएकाले यसपटक उनैलाई टिकट दिनुपर्ने धारणा राखेको थियो । तर शेखर–गगन पक्षले कांग्रेस कार्यकर्तामाझ खड्का भन्दा आचार्य बलियो रहेकाले उनले टिकट पाउनुपर्ने अडान राखेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्