Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने निर्णय


काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय हो ।

‘वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गरिएको छ ।

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । उनी पूर्व राजदूतसमेत हुन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्