Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सुदूरपश्चिममा सरकार बनाउन सकस, प्रदेश प्रमुख कसलाई मुख्यमन्त्री बनाउने भन्नेमा अन्योल !


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन सकस परेको छ । प्रदेश प्रमुख नजिर मियाँसमक्ष हिजो नागरिक उन्मुक्ति पार्टीकै दुई प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उनले मुख्यमन्त्री नियुक्त गर्न सकेका छैनन् ।

केन्द्रको सत्ता गठबन्धनमा रहेको एमाले, माओवादी, नाउपा र स्वतन्त्र सांसदको समर्थनमा नाउपाका कैलाश चौधरीले दाबी पेश गरेका थिए । केन्द्रमा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादसहित कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र राप्रपा सांसदको समर्थनमा नाउपाकै अर्का सांसद लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

नाउपाकै दुई सांसदले दाबी पेश गरेपछि प्रदेश प्रमुख मियाँले यस विषयमा आवश्यक परामर्श गर्ने भन्दै अहिलेसम्म कसैलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छैनन् ।

आइतबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ प्रदेश प्रमुख कार्यालयमा उपस्थित भएर आफ्नो पार्टीको समर्थन कैलाश चौधरीलाई रहेको बताएकी थिइन् । तर, नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाइएको थियो ।

पार्टी अध्यक्षले केही समयअघि घनश्याम चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई उक्त जिम्मेवारी दिएकी थिइन् । पार्टीभित्रको विवाद पनि दाबी पेशमा देखिएका कारण सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रदेश प्रमुख, #सरकार बनाउन सकस

तपाईको कमेन्ट लेख्नुहोस्