खाद्य व्यवस्था तथा ब्यापार कम्पनीमा किचलो, जुनियरलाई विभागिय नेतृत्व दिएको आरोप(बिज्ञप्तीसहित)

काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडमा विभागिय नेतृत्वको बिषयलाई लिएर असन्तुष्टि देखिएको छ । बैशाख ५ गतेदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको काम गर्न डिल्लीराज लम्साललाई निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी सञ्चालक समितिले दिएको थियो ।
लम्साल निमित्तको कार्यभार सम्हालेपछि उनले आफू निकट जुनियर कर्मचारी घनश्याम अर्याललाई मानव संशाधन विभागको विभागिय प्रवन्धकको जिम्मेवारी दिएको भन्दै कर्मचारीहरुले बिरोध जनाएका छन् ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनद्धारा जारी बिज्ञप्तीमा निमित्त प्रमुख कार्यकारी अधिकृतद्धारा कम्पनीमा रहेको विद्यमान अभ्यास र पद्धतिलाई लत्याएर सिनियर कर्मचारीहरु हुँदा हुँदै सो कुरालाई वेवास्ता गर्दै जुनियर कर्मचारीलाई मानव संशाधन विभागको विभागिय प्रवन्धकको जिम्मेवारी तोकिएको उल्लेख छ ।
अध्यक्ष देवेन्द्र राईद्धारा जारी बिज्ञप्तीमा जिम्मेवारी तोकिएका प्रवन्धकमाथि सर्बोच्च अदालतमा मुद्धा समेत चलिरहेको र हालसम्म फैसला पनि नभएको विवादित ब्यक्तिलाई जिम्मेवारी दिइनुले न्याय संगत, युक्ति संगत र पारदर्शीपूर्ण र तटस्थ तरिकाले भूमिका निर्वाह गर्न नसक्ने भनिएको छ ।
युनियनले तत्काल निर्णय सच्याउन समेत निमित्त कार्यकारी अधिकृत डिल्लीराज लम्साललाई आग्रह गरेको छ । बैशाख ५ गते सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी अधिकृत माग गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै सीईओ माग गरेको हो ।
सूचना अनुसार आवेदन दिन चाहने योग्य व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्ने भनिएको छ । नियुक्तीको प्रक्रिया अघि बढेकै बेला लम्सालले जिम्मेवारी दिएको भन्दै असन्तुष्टि बढेको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #खाद्य व्यवस्था तथा ब्यापार, #डिल्लीराज लम्साल, #विभागिय नेतृत्व
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्