प्रधानमन्त्री खान नपाएर हर्याहर्याक गरेको ओलीको आरोप, प्रधानमन्त्री बन्न लाग्यो भनेर पोलेको नेपालको टिप्पणी

काठमाडौं । करिव ४० वर्ष सहकार्यपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डेढ महिनादेखि एउटै सत्ताका साझेदार छन् । तर, सत्ता समीकरणको एउटै डुंगामा यात्रा गरेपनि ओली–नेपालबीचको तिक्तता भने कायमै छ । ओली र नेपाल हरेक कार्यक्रममा एकले अर्कोलाई अहिले पनि सत्तोसराप गरिरहेका छन् । जसका कारण सत्ता गठबन्धनमै खटपट सुरु भइसकेको छ । एउटै पार्टीमा वर्षौ काम गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पार्टी विभाजनपछि लामो समय वाक युद्धमै व्यस्त भए ।
लामो जुहारीपछि सत्ता टिकाउन प्रचण्डको रणनीतिमा नेपाल र ओली एउटै सरकारमा बल्ल तल्ल सामेल भए । दुइ नेताविचमा फाट्ट फुट्ट कुरा समेत हुन थाल्यो । तर, सुदुरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री नदिने एमालेको अडानले फेरि आरोप–प्रत्यारोप सुरु भएको छ । फेरि दुवै नेता एक अर्का विरुद्ध विष वमन गरिरहेका छन् । स्वार्थका लागी जनताको नजरमा मिल्न खोजे पनि दुबै नेता यतीवेला सार्वजनकि कार्यक्रममा समेत एक अर्काको उछितो काड्न पछि पर्दैनन् ।
केहि, दिन अघि नेकपा एमालेका अध्यक्ष माधव नेपालले आफु प्रधानमन्त्रीको दावेदार हुँ भन्ने आसयको अभिव्यक्ती दिएका थिए । त्यसको उनले सार्वजनिक कार्यक्रममै ओलीलाई कटाक्ष गर्दै आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका थिए । त्यसको केहि दिन पछि ओलीले फेरि नेपाल प्रती लक्षीत जवाफ फर्काउदै एक जना मान्छे कराउँदै हिँडेको टिप्पणी गरेका छन् ।
उनले मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पिर छ, पोल्या छ भतभत, कता प्रधानमन्त्री हुन आँटेको हो ? भनेर प्रश्न गरे । पछिल्लो समय दुई नेताबीच फ्याट्टफुट्ट बोलचाल सुरु भएपनि एक अर्कोको कुरा काट्न दुई नेता पछि हटेका छैनन् । दुवै नेता माओवादी अध्यक्ष प्रचण्डको इसारामा चलेको आरोप लाग्दै आएको छ । सत्ता टिकाउन भ्यागुताको धार्नि पुर्याउन प्रचण्डले नेपाल र ओलीलाई एक ठाउँमा ल्याएको समेत विश्लेषण हुने गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ओली माधवको जुहारी, #माधवकुमार नेपाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्