पार्टी फुटपछि पनि प्रचण्ड नेतृत्वकै सरकारमा रहने जसपा नेपालको निर्णय

काठमाडौं । पार्टी विभाजनको मारमा परेको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मंगलवार बालुवाटारमा भेटवार्तामा पनि सरकारलाई दिइएको समर्थनलाई निरन्तरता दिने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
उनले सरकारमा आफूहरु रहेको र त्यसलाई निरन्तरता दिएर जाने बताए । वर्तमान सत्ता गठबन्धनको जग आफूहरुले बनाएकाले पनि सरकारलाई निरन्तरता दिने कुरामा आफूहरु प्रतिवद्ध रहेको प्रवक्ता सुमनको भनाई थियो । उनले पार्टीबाट फुटेर गएकाहरुले बरु सरकारबाट हट्न सक्ने जिकिर गरे ।
अध्यक्ष यादवले पार्टीका ७ जना सांसदहरुले जनता समाजवादी पार्टी नामक नयाँ दल गठन गरेपछि उत्पन्न परिस्थितिबारेबारे नेता, कार्यकर्ताहरुसँग अनौपचारिक छलफल गरिरहेको बताइएको छ । वैशाख २६ गते बुधवार बिहान ११ बजे पार्टीमा विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन पार्टीले पत्रकार सम्मेलन आयोजना गरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपालले सरकार, #समर्थनलाई निरन्तरता
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्