उपेन्द्र यादवले मन्त्रीबाट राजीनामा दिदैं, समर्थन पनि फिर्ता लिने

काठमाडौ । जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेपछि अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् ।
आज बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे अझ परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन सन्देश पठाएका थिए ।
लगत्तै मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीले समर्थन फिर्ता लिइसकेको छ ।
एमाले र माओवादीको मधेश कदमले दबाबमा परेका यादवले कार्यकारिणी बैठकमा समर्थन फिर्ताको प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीबाट गलहत्त्याइनुभन्दा आफैँले सरकार छोड्नु उचित हुने बैठकले निष्कर्ष निकालेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उपेन्द्र यादव, #समर्थन फिर्ता लिने
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्