सत्ता र प्रतिपक्षको टकरावले संसद बन्धक,रविको संरक्षणमा किन जुटे केपी शर्मा ओली !

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय समिति गठन गर्ने र नगर्ने जुहारीले संसद नै बन्धक भएको छ । छानविन समिति बनाउनै पर्ने कांग्रेसको रटान र बनाउनै नदिने नेकपा एमाले रास्वपाको अडानले संसद नै बन्धक भएको हो । सुरुमा कांग्रेस र रास्वपाको टकराव भएपनि अहिले एमाले पनि कांग्रेसलाई रोक्न संसदमै शक्ति देखाउन खोजेको छ । सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादले संसद् बन्धक बनेको छ ।
लामो समयदेखि उपप्रधान एवं् गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानविनको माग उठाइरहेको छ । तर, सरकारसँग भएका पटक–पटक छलफलमा सहमति जुट्न सकेको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समिति बनाउन राखेको प्रस्ताव दुबै दलले अस्वीकार गरेपछि प्रचण्ड समस्यामा परेका छन् । कांग्रेस संसदीय समिति बनाउनै पर्ने रटानमा, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेको कुनै हालतमा समिति बनाउन नमिल्ने घुर्कीले संसद बन्धक भएको छ ।
अझ् विहिबारको संसद बैठकमा भएको धकेला धकेल र नारावाजीले अनेकौं प्रश्न उब्जाइदिएको छ । अस्तीसम्म कांग्रेस र रास्वपाबीच टकराव थियो । दुवै दलका नेताहरुले एकले अर्कोलाई आरोप–प्रत्यारोप गरिरहेका थिए । तर, बिहिबारदेखि सहकारी ठगी प्रकरणमा छानविन समिति बनाउन नदिने गरी एमाले नै संसदमा उत्रिएको छ । कांग्रेसको बिरोधलाई च्यालेन्ज गर्दै एमाले अध्यक्ष ओली नै कम्मर कसेर लागेका छन् । उनले जसरी पनि गृहमन्त्री लामिछानेलाई संसदको रोष्ट्रममा पु¥याएरै कांग्रेसलाई हेरेको हेरेई बनाउने सोच छ । तर, त्यो प्रयास बिहिबार भने असफल भयो ।
शुक्रबार बोलाइएको बैठकमा थप विबाद चर्किने देखिएपछि आइतबार सम्मका लागि बैठक नै सूचना टाँसेर स्थगित गरिएको छ । विहिबारको बैठकलाई लिएर कांग्रेस एमालेको टकराव अझै सकिएको छैन् । दुबै दलले घटना हुनुमा दोष एकले अर्कोलाई थुपारिरहेका छन् । एमाले अध्यक्ष ओलीले संसदमा काँग्रेसले असभ्य व्यवहार गरेको आरोप लगाएका छन् । काँग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको र काँग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको ओलीको जिकिर छ । कांग्रेस संसदमा भएको घटनाको जिम्मेवारी सत्ता पक्ष नै भएको बताइरहेको छ । उसले सरकार सहकारी ठगीबाट पीडित भएका नागरिकप्रति गैरजिम्मेवार र संवेदनहिन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको आरोप लगाएको छ ।
गृहमन्त्री लामिछाने सहकारीमा वचत गरेको अर्बौंं रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधारहरु आफूहरुसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त दाबी कांग्रेसको छ । सभामुख देवराज घिमिरेले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै कांग्रेसले प्रश्न उठाएको छ । विहिबारको घटनादेखि कांग्रेसले सबै प्रतिपक्ष दललाई साथमा लिएको छ । कांग्रेसको नेतृत्वमा बसेको बैठकमा प्रतिपक्ष ५ दलले एकै स्वरमा छानविन समिति बनाउन माग पनि गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताएको छ । सहकारी ठगी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै आएको काँग्रेस, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लगायतका प्रतिपक्ष दलहरुको बैठकमा राप्रपाले बोल्न अवरोध नगर्न आग्रह गरेको थियो । तर, समिति बनाउने कुरामा राप्रपाले पनि कांग्रेसलाई साथ दिएको छ ।
दलहरुबीच सहकारी ठगी प्रकरणमा छानविन गर्न समिति बनाउने छाटकाँट देखिदैन । रास्वपाले अव कुनै हालतमा पनि संसदीय छानविन समिति नबन्ने र बनाउन खोजे सरकार छाड्नेसम्मको धम्की दिइरहेको छ । जसका कारण सत्ता र प्रतिपक्ष टसको मस नहुँदा संसद भइरहेको अवरोध छिट्टै हट्नेमा विश्वस्त हुने आधार देखिदैन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #सत्ता र प्रतिपक्ष, #संसद बन्धक
ताजा खबर
- १म शिक्षामन्त्री बन्ने लाइनमा छैन्ः डा.अन्जान शाक्य
- २नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस
- ३काठमाडौं आइपुगे भारतका विद्युत् मन्त्री
- ४शिक्षामन्त्रीको राजीनामाले निम्त्याएको प्रश्न ? शिक्षकको सडकमै बास,प्रधानमन्त्रीको छैन् आस
- ५संघीय निजामती विद्येयक पारित गर्ने अन्तिम तयारी,खोजियो प्रधानमन्त्री ओली र प्रचण्डको साथ
तपाईको कमेन्ट लेख्नुहोस्