Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

संसदीय छानबिन समिति गठनबारे प्रधानमन्त्री र कांग्रेस नेताको छलफल सकरात्मक !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल भएको थियो । छलफलमा कांग्रेसले राखेको तीन बुँदे मागमा प्रधानमन्त्री प्रचण्डले आफू उक्त मागबारे सकारात्मक रहेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसले राखेको तीन बुँदे मागलाई सत्ता साझेदारसँग छलफल गरेर कांग्रेससँग छलफल गर्ने बताए । बैठकबारे जानकारी दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत भएको बताए ।

रमेश लेखक उनले भने,‘ उहाँ सकारात्मक हुनुहुन्छ । यो विषयमा सत्त साझेदार दलसँग छलफल गरेर कांग्रेससँग थप छलफल गर्ने भन्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका थिए ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आइरहेको छ । प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यको प्रयासमा कांग्रेसका नेताहरुसँग सम्वाद जारी राखेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कांग्रेसका शीर्ष, #दाहाल प्रचण्ड, #प्रधानमन्त्री निवास

तपाईको कमेन्ट लेख्नुहोस्