बालेनले पठाए माओवादी र रास्वपा कार्यालयमा फोहोर बोकेको ट्रक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार दिउँसो फोहोर बोक्ने ट्रकका चालक पक्राउ परेको भन्दै सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए । ‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले’, फेसबुकमा बालेनले लेखेका थिए, ‘जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर उठ्दैन ।’
बालेनको यो स्टाटस काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध गरेको घटनासँग सम्बन्धित थियो । शनिबारदेखि बञ्चरेडाँडामा रोजगारीको माग राखेर बलामी युवा समाजले फोहोर रोकेको थियो । उनीहरुले फोहोर लिएर जाने गाडीलाई अवरोध गर्ने क्रममा फोहोर बोक्ने निजी कम्पनीका चारवटा गाडीमा क्षति भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
त्यसपछि महानगरपालिकाले प्रशासनसँग अनुरोध गरेर अवरोध खुलाउन भनेपनि जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय नुवाकोटले सहयोग नगरेको बताइएको छ । सोमबार विहान महानगरपालिकाको फोहोर बोकेका गाडी माओवादी पार्टी कार्यालय पेरिस डाँडा र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेका थिए ।
त्यहाँबाट फोहोर बोक्ने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसपछि काठमाडौं महानगरपालिकाले सोमबार बिहान फोहोर बोकेको ४ ट्रक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा र ४ वटा गृहमन्त्री रवि लामिछानेको पार्टी कार्यालय बनस्थलीमा पठाएको थियो ।
फोहोर बोकेको गाडी पार्टी कार्यालयमा पठाएको खबर पनि प्रधानमन्त्री र गृहमन्त्रीलाई दिइएको थियो । रास्वपा पार्टी कार्यालयतर्फ गएका ट्रकलाई प्रहरीले बाटैमा रोकेको थियो भने पेरिसडाँडा गएका ट्रकका चालक भने पार्टी कार्यालयको गेटमै पक्राउ परेका थिए । त्यसपछि मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखेको र स्टाटस लेखेको केहीबेरमा ट्रक चालकहरु रिहा भएका र बञ्चरेडाँडाको अवरोध पनि हटेको बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चालक पक्राउ, #मेयर बालेन शाह
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्