२१ दिनभित्र निवेदन फारम बुझाउन मिटरब्याज पीडितलाई आयोगको आग्रह

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई आफ्नो विवरणसहितको निवेदन फारम भरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको छ ।
आज एक सूचना प्रकाशित गर्दै आयोगले कारोबारका क्रममा ऋण लिने व्यक्ति र ऋण र कर्जा दिने व्यक्तिबिच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरूको सुरुदेखि हालसम्मको अवस्थाको यथार्थ विवरण खुल्ने गरी फारम भर्न आग्रह गरेको हो ।
अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौतालगायत जो भएका लिखतहरूको प्रतिलिपि वा फोटोकपीसमेत साथै राखी एक्काइस दिनभित्र पीडित आफू रहेको जिल्ला प्रशासन कार्यालयमा सो निवेदन फारम दर्ता गर्न सूचनामार्फत आग्रह गरिएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अनुचित लेनदेन, #जाँचबुझ आयोग, #मिटरब्याज
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्