Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

शीर्ष नेतासहित कार्यदलको बैठक बालुवाटारमा


काठमाडौं । सहकारीको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतासहित कार्यदल सदस्यहरूको बैठक सोमबार छलफल गर्न बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका शीर्ष नेता सहभागी हुनेछन् ।

त्यसका अलावा रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि बालुवाटार सहभागी हुनेछन् । शीर्षसहित कार्यदलका सदस्य बसेर छानबिन समितिको कार्यादेशमा रहेका विमतिलाई सहमतिमा लैजाने नेताहरूको विश्वास छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्