Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

अस्पतालबाटै सिरोहियालाई तेस्रो पटक म्याद थप गर्न अदालत लैजाने


काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ ।नागरिकता किर्ते सम्बन्धी कसुरमा सिरोहिया जेष्ठ ८ मा पक्राउ परेका थिए ।

उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई धनुषा जिल्ला अदालतले पहिलो र दोस्रो पटक ३र३ दिनको म्याद दिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए ।

अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत र्लैजाने प्रहरीको तयारी छ । उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्