सहकारी संसदीय समितिमा २० वटा समस्याग्रस्त सहकारीको फाइल बुझाइयो

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीसँग छलफल गरेको छ । सहकारी वचत दुरुपयोगसम्बन्धि छानविन गर्ने कार्यादेशसहित सो विशेष समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकमा मन्त्री अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्वद्ध निकायसँग प्रारम्भिक छलफल गरेको हो ।
सम्बन्धित मन्त्री र सम्वद्ध सबै निकायका पदाधिकारीसँग छलफल गरिएको र सहकारीको वचत रकम दुरुपयोग सम्बन्धि छानविनका लागि महत्वपूर्ण जानकारी प्राप्त भएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । बैठकमा समस्याग्रस्त २० वटा सहकारी संस्थाका पदाधिकारीहरुले सो सम्बन्धमा लिखित जानकारी गराएका थिए ।
सोही जानकारीको आधारमा कामलाई तिब्रता दिने समितिले जनाएको छ । बैठकमा विशेष समितिले दुरुपयोग भएका बचतकर्ताहरुको ५ लाखसम्मको रकम फिर्ता गर्ने सरकारको बजेट सम्बन्धि कार्यक्रम लागू गर्ने बारेमा पनि मन्त्री अधिकारीसँग छलफल भएको थियो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि सहकारीको वचत रकम दुरुपयोगमा संलग्न रहेको आरोप लगाउँदै त्यसको छानविनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने नेपाली काँग्रेसले माग गरेको एमालेका सांसद थापाको नेतृत्वमा सो विशेष समिति बनाइएको हो । विशेष समितिले ३ महिना भित्रको समयावधि भित्र आफ्नो काम सक्नेगरी कार्यादेश बनाएको र सोही अनुसारको छलफलको कामलाई निरन्तरता दिने जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गरिवी निवारण, #बलराम अधिकारीसँग
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्