Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

आजदेखि नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन


काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशन सुरु हुनुअघि बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निस्कने पार्टीले जनाएको छ । असार २० गतेसम्म चल्ने अधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि सहभागी हुँदैछन् । ती प्रतिनिधिले २९९ सदस्यीय केन्द्रीय समिति तथा २१ पदाधिकारीको चयन गर्ने छ ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ ।

महाधिवेशनस्थल आसपासमा महाधिवेशन प्रतिनिधिहरूलाई आवासको व्यवस्था मिलाइएको जनाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबी गरेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राष्ट्रिय महाधिवेशन, #समाजवादीको दशौँ

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं