Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

के कारवाहीमा पर्लान् त रास्वपामा महामन्त्री डा. मुकुल ढकाल ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा बढ्दो किचलोले समस्या निम्त्याएको छ । महामन्त्री डा.मुकुल ढकालले पार्टी गम्भिर विरामीमा परेको भन्दै उपचारको खाँचो भएको औल्याएका थिए । तर, उनले सभापति रवि लामिछानेलाई प्रतिबेदन नबुझाउदै सञ्चारमाध्यममा कुराहरु बाहिर ल्याएको भन्दै स्ष्टीकरण नै सोधिएको छ ।

पार्टीको आन्तरिक कुरा मिडियामार्फत अनावश्यक प्रचारबाजी गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेका थिए । उनले पार्टीको वर्तमान अवस्था र भविष्यबारेमा गम्भीर प्रश्न उठाउँदै प्रतिवेदन बुझाएको दुई दिनपछि शुक्रबार महामन्त्री ढकाललाई स्पष्टीकरण सोधियो ।

उनीमाथि देश दौडाहाका क्रममा तयार पारिएको प्रतिवेदन स्वभाविक भएपनि त्यसबारे अनावश्यक प्रचारबाजी गरेको आरोप लगाइएको छ । त्यही कुरा गलत भएको निष्कर्षसहित लामिछानेले ढकाललाई अनुशासन आयोगमार्फत स्पष्टीकरण पत्र काटेका हुन् । लामिछानेले पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोप समेत ढकाललाई लगाएको रास्वपाले के कारवाही नै गर्न खोजेको हो त भन्ने प्रश्न उब्जिएको छ ।

रास्वपाले इलाम २ मा भएको गत वैशाख १० को उपनिर्वाचनमा भोगेको नमिठो हारपछि ढकालको नेतृत्वमा अभियान चलाएको थियो । महामन्त्री ढकालले स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन सभापति लामिछानेलाई दिएका थिए ।

गत जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता कार्यकर्तासँग संवाद गरेर तयार पारेको प्रतिवेदन लामिछानेलाई बुझाएका थिए । तर, पार्टी बिरामी परेको र सल्यक्रिया नै गर्नुपर्ने बताउदै आएका ढकाललाई रास्वपाले कारवाही गर्ने तयारी गरेको बताइएको छ । केन्द्रीय समिति बैठक बोलाएर ढकाललाई कारवाही गर्ने तयारी गरिरहदा केही नेताले भने कारवाही गरे पार्टीलाई थप क्षति हुने भन्दै त्यसो नगर्न पनि सभापति लामिछानेलाई सुझाव दिएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कारवाहीमा पर्लान् त, #महामन्त्री डा. मुकुल ढकाल, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा

तपाईको कमेन्ट लेख्नुहोस्