Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

नेकपा एसको महाधिबेशनमा केपी शर्मा ओलीको खोजी, कुन नेताले के भने ?


काठमाडौं । नेकपा एकीकृत समाजवादीको १० औं महाधिबेशन आइतबारदेखि सुरु भएको छ । असार २० गतेसम्म काठमाडौंमा जारी रहने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ । उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य दलका शीर्ष नेताहरु पुगेका थिए । जहाँ राजनीतिक अस्थिरताका कारण जनताले दुख पाएको अभिब्यक्ती नेताहरुले दिएका थिए । २०७८ भदौ ९ मा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजावादीले तामझामका साथ १० औं महाधिबेशन सुरु गरेको छ ।

उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य नेताहरुको उपस्थिति थियो । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको बताए । उनले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय हुने आशा रहेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले आफ्नो दस्ताबेजमा माओवादीलाई नजिकको मित्र भनेर मूल्यांकन गरेकामा खुशी व्यक्त गरे । तर आफूलाई अस्थिर भनेकामा भने चित्त दुखाएका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताका आशा र अपेक्षा पूरा गर्न संविधान नै संशोधन नगरी कानुन संशोधन गरे हुने बताए । अध्यक्ष नेपालले अहिले पनि संसद विघटनको खतरा रहेको टिप्पणी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै अहिले पनि विघटन गरेर ठीक गरियो भनेर बोल्ने गरेको सुनेको भन्दै प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताए ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा सबैले प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न गरे । लामिछानेले भाषणमा देश र जनताको चिन्ता भएपनि व्यवहारमा नदेखिएको बताए । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताएका थिए ।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने दाबी गरे । अध्यक्ष राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरुले पालना गर्न नसकेको बताए । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल पेचिलो परिस्थितिमा रहेको बताए ।

नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुविकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको उनको भनाई छ । नागरिक उन्मुक्ति पार्टीर्की अध्यक्ष रञ्जिता श्रेष्ठले नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको बताएकी थिइन । असार २० गतेसम्म चल्ने महाधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् । महाधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #महाधिवेशनमा राजनीतिक, #विधानसम्बन्धी र सांगठनिक, #समाजवादी कार्यक्रम

तपाईको कमेन्ट लेख्नुहोस्