Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

रविलाई भिम रावलको कडा टिप्पणीः बोल्दैमा महामन्त्री पार्टीबाट निष्कासित भएछन्


काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इङ्गित गर्दै पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरङ्कुशता देखाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले आजभोलि राजनीतिक दलहरूमा प्रश्न सोध्न पनि नपाइने गरेको बताएका हुन् । उनले प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निष्कासित गरिएको बताए । उनले भयङ्कर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेको बताए ।

उनले रास्वपा सभापति एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो नभएको बताए । उनले नागरिकता, राहदानी दुईरदुई वटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने बताए ।

उनले लामिछानेलाई सो पदमा राख्नेहरू पनि उत्तिकै जिम्मेवार रहेको बताए । नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठुला राजनीतिक दलका ठुला नेता आफैँ लागेको रावलको भनाई थियो । सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति, चरम सत्ता स्वार्थसँग जोडिएको उनले जिकिर गरे ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डा. मुकुल ढकाल, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा

तपाईको कमेन्ट लेख्नुहोस्