माधव नेपालले सुनाए ओलीले बालुवाटारमा प्रचण्डसँग गरेका तीन वाचा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीति अहिले कसैले पनि कसैलाई विश्वास गर्ने ठाउँबाट अघि नबढेको बताएका छन् । प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय अधिवेशनमा उनले प्रधानमन्त्री प्रचण्डले ओलीमाथि विश्वास गर्दा अहिलेको परिस्थिति निम्तिएको बताएका हुन् ।
कांग्रेस र एमालेबीच सहमति भएको दिन दिउँसो ओली र प्रधानमन्त्रीबीच चार घण्टा लामो कुरा भयो । त्यहाँ ओलीजीले तीन वटा कुरा राख्नुभयो । पहिलो– हामी स्वर्ग पनि नर्क पनि सँगै जान्छौं । त्यसैले पाँच वर्षसम्म सरकार यताउता हुँदैन । त्यसपछि प्रचण्डजी ढुक्क हुनुभो । दोस्रो–हाम्रो दुइटै कम्युनिष्ट पार्टीलाई मिलाएर लानुपर्छ, त्यही ढंगबाट अगाडि बढौं ।
तेस्रो–सरकारलाई प्रभावकारी बनाउन विज्ञहरुको बैठक राख्नुपर्यो । ७ दिनको समय राखेर छलफल गरौं ।त्यही कुरामा ढुक्क भएर प्रधानमन्त्री बसेको बेलामा साढे १० बजे एमालेका अर्का नेता पुगेर बाहिरको कुरा हल्लामात्रै हो । त्यो गलत कुरा । भोलि बिहान दुवै जना नेता बसेर त्यसलाई खण्डन गर्ने भनेपछि ढुक्क भएर सुत्नुभएछ कुनै चिन्ता नभएपछि ।
बिहान उठ्दा त अर्कै सहमति भइसकेछ । यसमा मैले प्रचण्डजीलाई भने तपाईंले पत्याएर हो । त्यसैले पार्टीका नेताहरुलाई भन्छु, तपाईंहरुले ओलीलाई चिन्नुभएकै छैन । मैले चिनेको छु, तर मेरो व्यक्तिगत रिस र पूर्वाग्रह छैन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #माधव नेपाल, #राजनीति अहिले
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्