प्रधानमन्त्री प्रचण्डले शुक्रबार डेढ बर्षमा पाँचौं पटक विश्वासको मत लिदैं !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जादुयी खेल समाप्त भएको विश्लेषण भइरहेको बेला १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदैछन् । शुक्रबार असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् । तर, प्रतिनिधिसभामा ७७ सीट रहेको एमालेले समर्थन फिर्ता लिएको र ठूलो दल नेपाली कांग्रेसले पनि एमालेसँगै गठबन्धनको सहमति गरेकाले प्रचण्डले विश्वासको मत पाउने देखिन्न ।
नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिनुपरेको यो पहिलो हो । २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका उनले एमालेसहित एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बने ।
प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको समर्थन पाएका थिए । त्यसको झण्डै साढे दुई नवित्दै एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत पाए । त्यसबेला पनि उनलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि फेरि तेस्रोपटक विश्वासको मत लिए । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उनको पक्षमा मतदान गरे । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गरेका थिए । एक मत तटस्थमा परेको थियो । त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिएका थिए ।
त्यतिबेला उनको पक्षमा एक सय ५७ सांसदले मत दिए भने एकजना सांसदले तटस्थ बसे । अहिले फेरि शुक्रबार पाचौँ पटक विश्वासको मतका लागि माओवादी केन्द्रले ह्वीप जारी गरेको छ । संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय गरेको छ । एमाले –कांग्रेस जसपा, जनमत पार्टीले उनको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
२०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको दुई सय ७५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७९, माओवादी केन्द्रले ३२, रास्वपा २०, राप्रपाले १४, जसपा १२, नेकपा एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६ स्वतन्त्र ५ जना, लोसपा ४ नाउपाले ३ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा १–१ सिटमा विजयी भएका थिए । शुक्रबार विश्वासको मत लिन लागेका प्रचण्डलाई आफ्ना पार्टीका ३२ सहित रास्वपाका २१ र नेकपा एसका १० सांसद्को मात्र साथ छ । यस्तो अवस्थामा उनले ६३ मत मात्र पाउने देखिन्छ । त्यसैले प्रचण्डको सरकार ढल्ने निश्चित छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१८ महिनामा पाँचौँपटक, #दाहाल प्रचण्ड, #प्रतिनिधिसभा बैठक
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्