प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ प्रधानमन्त्री लि क्वाङले बधाई दिएका छन् । उनले नेपालस्थित चिनियाँ दूतावास हुँदै परराष्ट्र मन्त्रालयमार्फत ओलीलाई पत्र लेख्दै बधाई ज्ञापन गरेका हुन् ।
‘नेपालको नयाँ प्रधानमन्त्री पद सम्हाल्नु भएकोमा तपाईंलाई मेरो र चीन सरकारको तर्फबाट हार्दिक बधाई’, ओलीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उल्लेख छ ।
उनले नेपालसँगको ६९ वर्षदेखिको कूटनीतिक सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन् ।
त्यस्तै, बीआरआई परियोजना लागू गर्नेदेखि द्विपक्षीय हितका प्रवर्द्धनका लागि साझेदारी गर्न तत्पर रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार शपथ लिएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्