Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या


काठमाडौं । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।

उनको राति १ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो । प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ भने थप अनुसन्धान जारी छ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्