सहकारीको रकम अपचलन गरेका १८ जना सञ्चालक विदेशमा

काठमाडौं । सहकारीको रकम हिनामिना गरेर १८ जना विदेशमा लुकेको खुलासा भएको छ । अनुसन्धान गर्दै जाँदा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले हालसम्म विभिन्न मुलुकमा १८ जना सहकारीको रकम दुरुपयोग गरेर लुकेको फेला पारेको हो । समितिले १८ जनालाई तत्काल पक्राउ गरी नेपाल ल्याउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन समेत दिएको छ । जनताले साँझ र विहानको छाक टारेर भविष्यका लागि भन्दै थोरै थोरै सहकारीमा जम्मा गरेको रकम अपचलन गरेर १८ जना विदेशमा लुकेको खुलासा भएको छ ।
नेपालमा सामान्य मानिसहरुको पैसा नै अपचलन गरी १८ जना सहकारी सञ्चालक विदेशमा रमाइरहेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले खुलाएको हो । विभिन्न सरोकारवाला निकाय र सरकारी ब्यक्ती मात्रै होइन प्रतिनिधिमूलक रुपमा सहकारीबाट पीडित भएकाहरुलाई समेत छलफलमा सहभागि गराएको समितिले गृहमन्त्रालयलाई तत्काल १८ जना सहकारी सञ्चालकलाई पक्राउ गरी ल्याउन निर्देशन दिएको छ । सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको हो ।
सोमवार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भइ विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो । सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिइएको छ । विदेश फरार रहेका व्यक्तिहरु संलग्न रहेका सहकारीहरु अनुसन्धानको अनुसूची १ र २ मा छानविनको दायरामा रहेपनि विदेशमा रहेकाले सरकारले तत्काल छानविनको दायरामा ल्याउने प्रयास समितिले गरेको छ ।
सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको वचत दुरुपयोग सम्बन्धमा छानविनको दायरामा रहेका जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा वचत तथा ऋण सहकारी र सुप्रिम सुवास के.सी, कान्तिर सहकारीका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मी सहकारीको रकम उपचलन गरेर फरार छन् । १८ जना अमेरिका, बेलायत, मेलेसिया, युरोप लगायत भारत र कतिपय भने कुन देशमा छन् पत्तै लागेको छैन् ।
समितिले सहकारी ठगी गरेका आरोपमा विराटनगर, कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्ने पनि जनाएको छ । सोधपुछका लागि जनशक्ति र समयको प्रवन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन पनि दिइएको छ । समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरुको नाम गृहमन्त्रीलाई दिएको छ । गृहमन्त्री रमेश लेखकले भने सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताए । उनले सहकारीको समस्याको दिगो समाधानका पक्षमा सरकार रहेको स्पष्ट पारे । सहकारीको बचत रकम हिनामिना गरी फरार भएकालाई पक्राउ गर्न आवश्यक प्रक्रिया थालिएको गृहमन्त्री लेखकले जवाफ दिएका थिए ।
विभिन्न सहकारीबाट ग्यालेक्सी मिडियामा रकम गएको र तत्कालिन गृहमन्त्री रवि लामिछाने नै संलग्न भएको भन्दै नेपाली कांग्रेसले उठाएको माग अनुसार छानविन समिति बनेको हो । तर, गृहमन्त्रीबाट बाहिरिएपछि रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका छन् । गृहमन्त्री हुँदा नारायणकाजी श्रेष्ठ हुन् या रवि लामिछाने । कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवि राई लगायत सञ्चालकलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना गरेको थियो । अहिलेका गृहमन्त्री रमेश लेखकले नै थुप्रै पटक जीवी राई पक्राउ गर्न नसकेको प्रश्न संसदमा उठाएका थिए । अव उनै लेखकले कति दिनमा सहकारी सञ्चालक पक्राउ गर्न सक्छन् त्यो भने हेर्न बाँकी छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१८ जना सञ्चालक विदेशमा, #सहकारीको रकम हिनामिना
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्