१९ बर्षपछि कसरी जुट्यो टिआरसी विधेयकमा सहमति ? यस्ता छन् सहमतिका बुँदा !

काठमाडौं । राजनीतिक दलका नेताहरुबीच १९ बर्षदेखिको विवाद टुंगो लाग्ने लभगभ निश्चित भएको छ । आ–आफ्नो अडानले संक्रमणकालीन न्यायसम्वन्धी विधेयक पारित हुन सकेको थिएन । तर, सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित तीन सदस्यीय कार्यदल बनाइएको थियो । जसले द्वन्द्वकालीन हत्याका घटनालाई टुंगोमा पु¥याउने गरी सहमति गरेको छ ।
दश बर्ष चलेको सशस्त्र विद्रोहपछि नेकपा माओवादी शान्ति प्रक्रियामा आएको पनि झण्डै दुई दशक पुग्न लाग्यो । दुई दशक राजनीतिक दलका नेताहरुको आ–आफ्नै अडान र स्वार्थका कारण द्धन्दमा परेका नागरिकले अझै न्याय पाउन सकेका छैनन् । पटक–पटक सत्तामा पुग्ने नेताहरुले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक पारित गर्ने रटान लगाइरहेपनि सहमति कहिल्यै जुटेन । तर, बिहिबार १० वर्षसम्म चलेको शसस्त्र विद्रोहको समयमा भएका मानवअधिकार उल्लङ्घनका घटनासहित समग्र संक्रणकालीन न्याय प्रक्रिया टुङ्गाउने विषयमा तीन दल बिच सहमति भएको छ ।
सुरक्षाकर्मीका परिवार र बर्हिगमित लडाकुहरूको विषयमा पनि विधेयकमा समेट्ने सहमति भएको छ । त्यस्तै अनुसन्धानका क्रममा सहमति नभएको विषयमा महान्यायाधिवक्ता कार्यालयमा सिफारिस गर्ने र त्यहाँबाट नै अनुसन्धान गर्नेबारे निर्णय हुने सहमति कार्यदलले गरेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शत प्रतिशत सहमति भएको र केही एकाध कुरा शीर्ष नेताहरूसँग छलफल गरेर प्रतिवेदन तयार हुने दाबी गरेका छन् ।
तीन शीर्ष नेताहरूसँग छलफलपछि शब्द शब्द ख्याल गरी पीडित र सर्वोच्चको फैसलालाई ख्याल गरी मस्यौदा निर्माण गर्ने सहमति भएको नेताहरुले बताएका छन् । त्यस्तै आयोगको अवधि चार वर्षको हुने र यो अवधिमा सबै घटनाहरूमा सजाय गर्ने देखि समाजमा अन्तरघुलन गराउने काम पनि आयोगले गर्नेछ । द्वन्द्वकालमा भएको हत्यालाई पहिलो मनसायपूर्वक र दोस्रो स्वेच्छाचारी ढंगका रुपमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा उल्लेख गरेर त्यहीअनुसार कारबाही अघि बढाउने सहमति भएको गृहमन्त्री रमेश लेखकको भनाई छ ।
द्वन्द्वकालीन हत्याका र मानवअधिकार उलंघनका घटनामा मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ । द्वन्द्वकालमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीको परिवारलाई पीडित सरह परिपूरण दिने सहमति पनि जुटेको छ । यस्तै बहिगर्मित लडाकूहरुलाई र द्वन्द्व प्रभावितका रुपमा परिपूरण दिने सहमति पनि भएको छ । पछिल्ला केही दिनयता कार्यदलको बैठक लगातार बस्दै आएको थियो ।
कार्यदलको ६ वटा बैठक बसेर विधेयकमा सहमति जुटाएका हुन । प्रमुख तीन राजनीतिक दलहरूका बिचमा विवादित विषयमा सहमति भएसँगै यो विधेयक अब अघि बढ्ने भएको छ । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #१९ बर्षदेखिको विवाद, #राजनीतिक दल, #लभगभ निश्चित, #संक्रमणकालीन न्याय
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्