Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

खानेपानी महसुल वृद्धिको निर्णयबाट पछि हटे धरानका मेयर हर्क


काठमाडौं । खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो ।

वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको हो । यो सहमतिसँगै तीन सातादेखि आन्दोलनमा उत्रिएका दल र स्थानीय उपभोक्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

वार्तामा भएको सहमति आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदैछ । वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, खानेपानी बोर्डको पूर्णता बारे उच्च अदालतको फैसला मान्ने र सात दिन भित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।

आइतबार दिउँसो साढे २ बजेदेखि सुरु भएको वार्ता राति अबरेसम्म चलेको थियो । उपमहानगरपालिका कार्यालयभित्र वार्ता भइरहेका बेला बाहिर आन्दोलनरत उपभोक्ता र दलका प्रतिनिधिहरुले धर्ना दिएका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #खानेपानी महसुल वृद्धि, #महसुल वृद्धि

तपाईको कमेन्ट लेख्नुहोस्